बिक्री भएन स्याउ, किसान मर्कामा

जाजरकोट | फागुन २३, २०७९

बिक्री भएन स्याउ, किसान मर्कामा

जाजरकोट:  चिस्यान केन्द्रको अभाव र बजार नपाउँदा जाजरकोटको नलगाडमा उत्पादन भएको स्याउ बिक्री हुन सकेको छैन । स्थानीय सरकारले चिस्यान केन्द्र र सडक निर्माणमा ढिलासुस्ती गरेका कारण लाखौँ रुपियाँको स्याउ कुहिएर नष्ट हुने गरेको किसानले गुनासो गरेका छन् । 

 

नलगाड नगरपालिका–१३ का महेन्द्र बोहराले तीन गाडीभन्दा बढी स्याउ उत्पादन हुने गरेको बताउनुभयो । बिक्री वितरण र चिस्यान केन्द्र नहुँदा उचित मूल्य पाउन नसकेको गुनासो गर्नुभयो । “गाउँमा यातायातको सहज पहँुच छैन, सरकारले कोल्ड स्टोर निर्माण गर्दैन । बजार अभावका कारण उत्पादन गरेको वस्तु कुहिएर नष्ट हुने गरेको छ,” बोहराले भन्नुभयो । स्थानीय मेलापर्वमा थोरै बिक्री हुने भए पनि बाँकी कुहिएर नष्ट हुने गरेको उहाँले बताउनुभयो । 

 

स्याउ उत्पादनलाई प्राथमिकता दिएको स्थानीय सरकारले बजारीकरणका लागि सडक सञ्जाल र कोल्ड स्टोरको व्यवस्थापनमा ध्यान नदिँदा किसान मर्कामा परेका हुन् । 

 

नलगाड नगरपालिकाले १३ वटै वडामा माटो परीक्षण गरी पकेट क्षेत्रका आधारमा तरकारी, खाद्य बाली, बिरुवा, मौरी घार वितरण गरेको थियो । वडा नं. १३ लाई नगरपालिकाले स्याउको पकेट क्षेत्र घोषणा गरेको छ । कृषि शाखाका प्रमुख बालकृष्ण आचार्यले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार किसानको लागत साझेदारीमा बिरुवा वितरण गरेको बताउनुभयो ।   

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्